नयाँ युगको थालनी

काठमाडौँ- जेठ १५ गते गणतन्त्र दिवस , सामन्ती एकात्मक राज्य व्यवस्थाको अन्त्य गरी जनताका छाेराछाेरीले शासन गर्ने ( लाेकतन्त्र ) प्राप्त गरेकाे दिन । याे ऐतिहासिक दिनकाे अवसरमा सम्पुर्ण नेपालीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । गणतन्त्र प्राप्तिकाे लागि आफ्नो प्राणकाे आहुती दिने माहान सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु । 

देशलाई याे अवस्थामा ल्याउन उच्च याेगदान गर्ने महान जनयुद्ध , जन आन्दाेलन , थारु , मधेशी , महिला आदिवासी  जनजाति दलित आन्दाेलनप्रति उच्च सम्मान प्रकट गर्दछु । याे ब्यवस्था प्राप्तिकाे आन्दाेलनमा बेपत्ता बनाएका बेपत्ता याेद्दा , घाइते , अपांग , सहिद परिवार , जनमुक्ति सेना , पार्टीका नेता कार्यकर्ता प्रति पनि उच्च सम्मान प्रकट गर्दछु । 

एउटा भाषा , एउटा भेष, एउटा धर्म , एउटा जाति , एउटा राजा र राजाकाे छाेरा नै राजा बन्ने पारिवारिक शासन ब्यवस्थाकाे अन्त्य गरी सबै जात जाति क्षेत्र वर्गकाे समुचित प्रतिनिधित्व ,बहुभाषा, बहुजाति , बहुधार्मिक , जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्ने याे ब्यवस्था त्यति सजिलै आएको हैन । यसकाे लागि हजाराैँकाे रगत , पसिना , आँशु बगेको छ । 

झण्डै २५० वर्षदेखि काे सामन्ती एकात्मक राज्य ब्यवस्था बदल्न करिव ८० वर्ष देखिकाे निरन्तर संघर्ष र महान जनयुद्ध र जनआन्दोलनको बलमा मात्र सम्भव भएको हाे । केही मान्छे गणतन्त्र ले जनतालाई केही दिएन जस्ता कुरा गरेर गणतन्त्रको विराेध गरेको सुनिन्छ तर यदि गणतन्त्र प्राप्त नभएको भए राज्यका हरेक तहमा ३३% महिला सहभागिता , प्रत्येक वडामा सामाजिक थिचाेमिचाेमा परेको दलित महिला सदस्य अनिवार्य , जनसङ्ख्याकाआधारमा सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व , महिला राष्ट्र प्रमुख , मधेशी राष्ट्र प्रमुख जस्ता विषयहरु केही पनि सम्भव थिएन । अत: गणतन्त्र समाजमा हेपिएका , थिचिएका , दमनमा परेका उत्पीडित जाति बर्ग क्षेत्र र लिङ्गको ब्यवस्था हाे

 यसलाई अझ सुदृढ गर्दै समाजलाई अगाडि बढाउने हाम्राे आजकाे कर्तव्य हाे । शासन ब्यवस्था फेरिए पनि अवस्था अझै फेरिएको छैन , अवस्था देखाएर केही मान्छे धमिलो पानीमा माछा समाउने दाउमा छन्, गणतन्त्रको बिरुद्दमा जाने र जनताको बलिदानीपूर्ण आन्दोलनको अपमान गर्ने त्यसप्रकारका प्रतिगामीहरूलाई गणतन्त्र दिवस काे अवसरमा हामीले भन्नै पर्छ कि जनताको बलिदानलाई ख्यालख्याल नसम्झौँ । जनविरोधी र प्रतिगामीहरुकासपना कहिलै पूरा हुँदैन , किनकि याे व्यवस्थाका लागि धेरैका रगत र पसिना बगेको छ । आज गणतन्त्र दिवसकाे अवसरमा हामीले अब केही प्रण गर्नै पर्दछ । वास्तवमा गणतन्त्रलाई जनताको चुलोसम्म पुर्‍याउन अब अवस्था बदल्ने लडाइँमा हामी फेरि एकजुट हुनै पर्दछ । 

बर्तमान संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति , पूर्ण समानुपातिक निर्वाचन प्रणाली , सबै उत्पीडितका आत्मसम्मान सहितका प्रदेश सीमाङ्कन र सुशासन कायम गरी, स्वास्थ्य , शिक्षा , सामाजिक सुरक्षा , रोजगारीको ग्यारेन्टी , राष्ट्रिय पुँजि निर्माण र आत्मनिर्भर अर्थतन्त्रको लागि हामी सबैले पहल गराैँ । र गणतन्त्र लाई सुदृढ गर्दै वास्तविक श्रमजीवी ब्यवस्था बनाउन हामी सबै लागाैँ । गणतन्त्र दिवसको अवसरमा यही प्रण गरौँ । गणतन्त्र दिवसको सबैमा फेरि पनि शुभकामना !

 (लेखक संघीय संसद् एवम् नेकपा, माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुनुहुन्छ )

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.