दाङमा बस दुर्घटना हुँदा २५ यात्रु घाइते

दाङ- लमही-कोइलाबास सडकखण्डमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन् ।

बस गढवा गाउँपालिका ५ चिसापानीमा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय गढवाका अनुसार घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाको प्रारम्भीक कारण ब्रेक फेल भएकाे इलाका प्रहरी कार्यालय गढवाले जनाएकाे छ ।

बस सडक किनारको नालीमा पल्टिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।  बसमा स्वर्गद्वारी दर्शनका लागि जादै गरेका तिर्थयात्री धेरै थिए । घाइतेहरुकाे उपचार लमही अस्पतालमा भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.