कार दुर्घटना अपडेटः तीनको मृत्यु, दुई जना घाइते

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबार भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको जानकारी दिनुभयो ।

कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मनहरी गाउँपालिका-८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उहाँका तीन महिने छोरी अर्जिता रहेका छन् । त्यसैगरी काठमाण्डौं चन्द्रागिरी न.पा. १ दहचोक बस्ने बर्ष कार चालक ६०/६१ वर्षाका सानु परियार रहेको हाम्रा मकवानपुर सम्वाददाताले जनाएका छन् ।

दुर्घटनामा घाइते मनहरी-८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.