सुर्खेत जीप दुर्घटना अपडेटः चार जनाको मृत्यु, दुई घाइते

सुर्खेत- सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाका घाइते दुईजनालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।

मृतकहरूको पहिचान नखुलेको र ६ जना यात्रु सवार रहेको जीप दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.