सदरमुकाम निर्माणका लागि एक अर्ब २१ करोड रुपैयाँ वजेट विनियोजन

नवलपुर – संघीय सरकारले नवलपुर र रुकुमको जिल्ला सदरमुकाममा भौतिक संरचना निर्माणका लागि एक अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को आयव्यायमा साे बजेट समेटिएकाे हाे । दुबै संघीयता कार्यान्वयनमा आएसँगै टुक्रिएर बनेका नवलपुर र रुकुममा नयाँ संरचना निर्माणका लागि रकम विनियोजन गरिएको हो ।
तर कुन जिल्लामा कति रकम विनियोजन गरिएको हो भन्ने खुलाइएको छैन । विभिन्न कारणले यसअघि दुई पटकसम्म विनियोजित रकम फ्रिज भएर गएको थियो भने चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपैयाँ र अर्थमन्त्रालयले सुनिश्चित गरेको ५० करोड रुपैयाँले नवलपुर सदरमुकाममा भौतिक संरचना निर्माणको काम प्रकृयामा गएको छ ।
नवलपुरमा नयाँ भवन निर्माणका लागि प्रतिवेदन स्वीकृत भएर बहुवर्षीय योजना पनि स्वीकृत भएको छ । भनव निर्माणका लागि २५ वटा निर्माण व्यवयशायीले टेन्डर हालेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको भनाई छ ।

यो रकमले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन बनाउने तयारी छ । सदरमुकाम कावासोतीमा रहेको १८७ बिघा जग्गामा संघ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने योजना बनाइएको छ ।

नमुना सदरमुकाम निर्माणस्थलमा संघ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने योजाना छ । साथै पुस्तकालय, सभा हल, बैङ्क, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका आधुनिक संरचनासमेत निर्माण गर्ने योजना छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.