पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ- दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो पौने एक बजे लमही नगरपालिका–२ डोडही स्थित पाँच गाउँले कुलोमा पौडी खेल्ने क्रममा डोडही निवासी होमबहादुर थापाका १८ बर्षिय छोरा विपिन थापाको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

थापा संगै ६ जना साथिहरु पनि नुहाउन गएका थिए । अत्याधिक गर्मि बढेपछी विद्यालय बन्द छन् । छुट्टीको समयमा नुहान जाने क्रम बढेको भन्दै प्रहरीले नागरिकहरुलाई सतर्क रहन आग्रह गरेको हो । गर्मी बढे सगै पौडी खेल्ने क्रममा यस्ता घटनाहरु बढेकोले आम नागरिकहरुमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.