एकीकृत समाजवादी सत्ता गठबन्धनमै रहन्छ-प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको स्थायित्व बारे कुनै शंका नगर्न आग्रह गर्नुभएको छ ।

आज विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले माधव कुमार नेपालको पार्टी एकीकृत समाजबादी सत्ता समिकरणबाट यता उता जाने अवस्था नरहेको र नेता नेपाल वर्तमान गठबन्धनबाट बाहिर नजाने जानकारी दिनुभयो । उहाँले मधेस प्रदेशमा पनि अहिले कै गठबन्धनको सरकार रहने बताउनुभयो ।

एक अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारले यसपटक जनतामा उत्साह थप्ने गरी बजेट ल्याइएको र कोशी प्रदेशका लागि पनि पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.