मन्त्रिपरिषद बैठकः राष्ट्रपतिको आसन्न विदेश भ्रमण कार्यक्रम स्विकृत

काठमाडौं- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ३१ गते देखि गर्नुहुने स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा हुने राष्ट्रपतिको भ्रमणलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनीको भ्रमणमा जानुहुने कार्यक्रम छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले बन दोस्रो संशोधन नियमावली २०२१ स्वीकृत गरेको छ । तिलगंगा आँखा विश्वविद्यालय सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकले न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी पदस्थापन पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.