रिडी-तम्घास सडक असार १६ गतेसम्म बन्द हुने

गुल्मी- आजदेखि रिडी–तम्घास सडक पुनः एक महिनासम्म बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै सडक बन्द हुने जनाएको हो । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ ।

सडकको केहि ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य गर्न भन्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर राजा सम्म समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । सडकको २०७९ साल फागुन २८ गते सम्झौत भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

१ अरब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता भएको छ । सडकको वैशाखको अन्तिमसम्म ३५ प्रतिशत भौतिक प्रगती र ३० प्रतिशत वित्तिय प्रगति भएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ ।

सडक गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सड्क हो । यस सडकम सवारी साधनको चाप अत्याधिक हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.