राजनीति गर्नेहरुलेनै भ्रष्ट्राचार बढाए : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले  राजनीति गर्नेहरुकै कारण मुलुकमा भ्रष्टाचार बढेको बताउनुभएको छ ।

आज काठमाडौंमा ‘लिखुसंग आत्मसमर्पण’ पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति गर्नेहरुले जनताको चाहना भन्दा आफ्नो स्वार्थलाई केन्द्रमा राखेर काम गर्दा समग्र मुलुककै अबस्था विग्रिएको बताउनुभयो ।

उहाँले मुलुकलाइ केन्द्रविन्दुमा राखेर राजनीति गर्न सक्नुपर्ने धारणा राख्ननुभएको छ । उहाँले राजनीतिलाइ सहज ढंगले अगाडि बढाउनको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको हो ।

देवशंकर पौडेलद्वार लिखित लिखुसंग आत्मसमर्पण पुस्तकमा लेखकले भोगेका देखेका विषयबस्तुहरु समावेश गरिएको छ । रामेछापको लिखु तामाकोशी गाउपालिकाका स्थायी बसिन्दा पौडेलले आफ्नै परिवेश र भोगाइबारे पुस्तक लेख्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.