रोजगार खोज्ने र रोजगारी दिनेबीच मध्यस्थताको अपेक्षा

नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीमार्फत सम्बोधन गर्ने उद्देश्यले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान रोजगार मेला आयोजन गरेको छ । सातै प्रदेशमा आयोजना हुन लागेको श्रमाधान रोजगार मेलाले रोजगार खोज्ने र रोजगारीदिने बीच मध्यस्थताको काम गर्ने अपेक्षा  गरिएको छ ।

रोजगारी मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिइने  छ ।

जेठ १७ गते विराटनगरबाट सुरुभई जेष्ठ ३० गतेसम्ममा सातवटै प्रदेशका प्रमुख शहरहरुमा आयोजना हुन लागेको मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने बिषयमा जानकारी पाउन सक्ने छन् ।

यो मेला  रोजगार खोज्ने र रोजगारी दिने संस्थाहरुबीच एकै थलोमा भेटघाटहुने थलोको रुपमा विकास गरिएको मन्त्रालयको भनाईछ। मेलामा श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरुको पनि सहभागीता रहनेछ ।

पछिल्लो समय युवा पुस्ताहरु रोजगारीको खोजीमा विदेशीने क्रम बढ्दै गएकाले नेपालको श्रम बजारमा पनि रोजगार पाउन सकिन्छ भन्ने जानकारी दिन मेलाको आयोजना गरिएको मन्त्रालयको भनाई छ ।

नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरू बीच मध्यस्थताको काम गर्ने अपेक्षा मन्त्रालयको् छ । मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको बिषयमा पनि  छलफल गरिने छ ।

रोजगार मेला हरेक प्रदेशमा २ दिन चल्ने  मन्त्रालयले जनाएको छ । कोशी प्रदेशको विराटनगरमा, हिजो र आज ,  मधेश प्रदेशको जनकपुर १९ र २० गते , गण्डकी प्रदेशको पोखरा २१ र २२ गते लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते आयोजना गरिने छ ।

यस्तै २५ र २६ गते कर्णली प्रदेशको सुर्खेत २७ र २८ गते सुदुरपश्चिम प्रदेशको धनगढी  तथा २९ र ३० गते बाग्मती प्रदेशको ललितपुरमा मेला आयोजना गरिने छ । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने मन्त्रालयले जनाएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.