पेट्रोल, मट्टितेल र डिजेलको भाउ घट्यो

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। भोलि (शनिबार) बिहान एक बजेबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टितेलको भाउ घटाएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टितेलमा एक रूपैयाँ घटाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मुल्य अनुसार निगमले नयाँ भाउ  निर्धारण गरेको जनाएको छ ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ४२ पैसा र डिजेलमा २ रूपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

खाना पकाउने ग्याँसको भाउ भने यथावत रहेको निगमले जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.