जेठ २१ गते नीति तथा कार्यक्रम ल्याउने लुम्बिनी प्रदेश सरकारको निर्णय

दाङ- लुम्बिनी प्रदेश सरकारले यही जेठ २१ गते आगामी आर्थिक बर्ष २०८१\०८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आमन्त्रण गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिनुभयो । प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बाणगंगा नगरपालिका–८ कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयाोग पदाधिकारीविहिन थियो ।

मुख्यमन्त्री महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त समेत गर्नु भएको छ । पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा शुसान्त बैद्दिकलाई नियुक्त गर्नु भएको हो । प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा समेत गरिएको छ ।

गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा.सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा.ईन्द्र ढकाललाई बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.