भारतमा सातौं तथा अन्तिम चरणको मतदान आज हुँदै

काठमाडौं- भारतमा तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत् आज अन्तिम तथा सातौं चरणको मतदान हुँदैछ । सात राज्य र एक केन्द्र शासित प्रदेश गरी लोकसभाका ५७ सिटका लागि आज मतदान हुनेछ ।

अन्तिम चरणको मतदानमा ९ सय ४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । बिहारका ८, हरियाणाका ४, हिमाचल प्रदेशका ४, झारखण्डका ३, ओडिसाका ६, पन्जाबका १३, उत्तर प्रदेशका १३, पश्चिम बंगालका ९ र चण्डीगढको १ सिटका लागि आज मतदान हुनेछ ।

दुईपटक निर्वाचन जितिसक्नुभएका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले तेस्रोपटक पनि जित हासिल गर्ने विश्लेषकहरुले बताएका छन् । गत अप्रिल १९ मा शुरु भएको निर्वाचनको अन्तिम चरण आज सकिएपछि । आगामी ४ जुनमा मत परिणाम सार्वजनिक हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.