संघीय सदनमा भोलिबाट बजेटमाथिको छलफल सुरु हुँदै

काठमाडौँ- संघीय संसदको दुबै सदनको बैठकमा आर्थिक बर्ष २०८१/८२को बजेट माथिको छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक २० गते आइतबार ११ वजेको लागि बोलाइएको छ ।

दुबै सदनको बैठकको संभावित कार्यसूचि प्रकाशित भएको छ । प्रकाशित कार्यसूचिमा राजश्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्ने उल्लेख गरिएको छ ।बैठकमा अर्थमन्त्री बर्षमान पुनले वक्तव्य सहित आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

लगतै राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल प्रारम्भ हुने छ । यसैवीच नेकपा एमाले संसदीय दलको बैठक आज बस्यो । बैठकमा बजेटमाथिको छलफलमा सक्रिय सहभागि हुन र बजेटमा रहेका कमीकमजोरी औल्याउन संसदीयदलका नेता ओलीले एमाले सांसदहरुलाई निर्देशन दिनु भएको छ ।

अध्यक्ष ओलीले सरकारले परामर्ष नगरी बजेट प्रस्तुत गरेको भन्दै बजेटमा महत्वपूर्ण विषयहरु छुटेको र कतिपय अवस्थामा सन्तुलित पनि नभएको भन्दै छलफलमा नमिलेका कुराहरु उठाउन एमाले सांसदहरुलाई निर्देशन दिनु भएको हो ।

नेकपा माओवादी संसदीयदलको पनि हिजो नै बैठक बसेर बजेट माथिको छलफल प्रभावकारी बनाउन निर्देशन भैसकेको छ । प्रधानमन्त्री एवं माओवादी संसदीय दलका नेता पुषपकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा सन्तुलित र समाजवादउन्मुख बजेट ल्याइएको वताउनु भएको छ ।

संबैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनको बैठकमा सरकारले आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान बजेट प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ। सोही बजेट माथिको छलफल भोलिबाट प्रारम्भ गर्न दुबै सदनको बैठक बोलाइएको हो । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.