कालिज पालनमा बजारीकरणको समस्याले लगानी डुब्दै

गुल्मी- सरकारले युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसायको सुरु हुन थालेका थिए । तर कतिपय युवाहरु कृषि व्यवसायमा लाखौं रकम डुबाएर पलायन हुने अवस्थामा पुगेका छन् ।

चार वर्ष अघि जंगली चरा कालिज पालनको राम्रो सम्भावना देखेर गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौरमा बिदेशबाट फर्केर हुमाकान्त अर्यालले कालिजको व्यावसायिक पालन सुरु गर्नुभएको थियो । काभ्रेपलाञ्चोकबाट चल्ला लिएर कालिज पालन सुरु गरिएको व्यवसाय अहिले बन्द हुने अवस्थामा पुगेको कालिज पालन व्यवसायी हुमाकान्त अर्यालले बताउनुभयो ।

रोजगारिको सिलसिलामा सात वर्षसम्म कतारमा बसेका अर्यालले काभ्रेपलाञ्चोकमा साथीले कालिज पालेको देखेर सुरुवात गर्नु भएको थियो । कालिज पालनमा महिना एक लाख बराबरको घाटा व्यर्होदै आएको बताउँदै अर्यालले अहिले फार्म बन्द गर्ने की चलाउने दोधारमा रहेको बताउनुभयो ।

फार्म बन्द गर्दा लगानी डुब्ने डर चलाँउदा झनै ऋण थपिने डरको चिन्तामा भएको अर्यालको भनाइ छ । अर्यालले ३५ लाख रुपैयाँको लगानीमा सौगात अर्गानिक कृषि फर्म एण्ड रिसर्च सेन्टर अहिले एक करोड लगानी पुगेको उहाँले बताउनुभयो ।

फार्ममा कालिजसँगै केही मात्रामा लौकाट र कर्टी चरा पनि पाल्दै आउनु भएको छ । अर्यालले चार रोपनी जग्गामा घेराबन्दी गरेर कालिज पालन गर्दै आउनु भएको छ । सुरुमा तीन सय कालिजका चल्लाबाट सुरु गरेको व्यवसायमा कुनै समय तीन हजारसम्म कालिज थिए । अहिले अर्यालको फर्ममा ५० वटा भन्दा बढी कालिज छैनन् ।

अर्यालको फार्ममा फ्रान्स र डेनमार्क जातका कालिज छन् । कालिज पालन व्यवसायलाई सरकारी तवरबाट पनि सहयोग गर्ने त्यस्तो नीति नभएको भेटेनरी अस्पताल तथा बिज्ञ सेवा केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताउनुभयो ।

उहाँले गाई भैंसी, बंगुर, खुकुरा पालनमा सहयोग गर्दै आएको बताउनुभयो । कृषकले लगानी अनुसार प्रतिफल नहुँदा पलायन हुने अवस्थामा पुगेको पाण्डेले बताउनुभयो ।

धेरै लगानी गरेर प्रतिफल पाउन नसकेपछि धेरै कृषकहरु पलायन हुने अवस्थामा पुगेको पाण्डेको भनाइ छ । कालिजको चल्ला राखेको पाँच महिना पछि बल्ल बेच्न लाएक हुन्छ ।

कालिज प्रति केजी दुई हजारमा बिक्री हुने गरेको छ । बिक्रीका लागि महङ्गो मूल्य हुँदा समेत यसको बजारीकरण सहज छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.