स्रोत नखुलेको एक करोड भन्दा बढी रकमसहित एकजना पक्राउ

सुनसरी- सुनसरीबाट प्रहरीले स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा उक्त रकम फेला पारेका हाे ।

साथै प्रहरीले कार चालक सुनसरीको हरिनगर गाउँपालिका ५ का ३७ वर्षिय ईसा अन्सारीलाई पक्राउ गरेको छ । उनलाई राजस्व अनुसन्धानको कार्यलय इजहरीमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन नसकेको र सो रकम हुण्डीको हुनसक्ने प्रहरीले जनाएको छ । बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.