गृहमन्त्री लामिछानेद्वारा निर्माणाधीन नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निरीक्षण

काभ्रे- उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान पुलिस एकेडेमी को निरीक्षण गर्नुभएको छ ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लामिछानेले सुविधा सम्पन्न एकेडेमी निर्माणले प्रहरी उच्च मनोबल बढ्नुका साथै काम कारवाहीमा निक्कै प्रभाव पार्ने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले सीमित श्रोत साधनका बीच पनि नेपाल प्रहरीले गरेको कार्य आफैमा प्रशंसा योग्य रहेको बताउँदै प्रहरी फोर्सलाई राम्रो तालिम दिन श्रोत साधनले सम्पन्न तालिम केन्द्र हुनुले पक्कै पनि प्रहरीको प्रस्तुतिमा प्रभाव पार्ने बिचार व्यक्त गर्नुभयो ।

उहाँले निरीक्षणको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यो निर्माण सक्नका लागी केही समस्याहरू रहेको र ती समस्याहरू हल गरेर तोकिएकै समयमा सक्नका लागि नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारत सरकारले छिटो भन्दा छिटो काम सम्पन्न गरेर बुझाउन चाहन्छ । त्यसमा हाम्रो तर्फबाट देखिएका केही अप्ठ्याराहरू भएकाले त्यसको विषयमा छलफल भएको छ, हाम्रो तर्फबाट देखिएका अप्ठ्याराहरू हल गरेर यसलाई चाँडै सम्पन्न गरेर समयमै ह्याण्डओभर गर्ने गरी तयारी गर्ने उहाँको भनाई थियो ।

जिल्लाको पनौती नगर नगरपालिका वडा न ६ मा ७ सय ३५ रोपनी जग्गामा भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.