मेक्सिकोमा पहिलो पटक राष्ट्रपतिमा महिला निर्वाचित
काठमाडौँ- मेक्सिकोको राष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित हुनु भएको छ । भर्खर सम्पन्न निर्वाचनमा क्याउडिया शेइनबाउम पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
६१ बर्षीया शेइनबाउम मेक्सिको शहरको पूर्व मेयर हुनुहुन्छ ।
उहाँ मेक्सिकोका वर्तमान राष्ट्रपति एन्ड्रेस मानुएल लोपेज ओब्राडोरको निकट मानिनुहुन्छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि शेइनबाउमले आफ्नो अग्रज राष्ट्रपतिको राम्रा कामलाई निरन्तरता दिने र मेक्सिकोका नागरिकका आशालाई मार्न नदिने प्रतिवद्दता व्यक्त गर्नुभएको बिबीसीले जनाएको छ।।
प्रतिक्रिया राख्नुहोस्