मेक्सिकोमा पहिलो पटक राष्ट्रपतिमा महिला निर्वाचित

काठमाडौँ- मेक्सिकोको राष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित हुनु भएको छ । भर्खर सम्पन्न निर्वाचनमा क्याउडिया शेइनबाउम  पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

६१ बर्षीया शेइनबाउम मेक्सिको शहरको पूर्व मेयर हुनुहुन्छ ।

उहाँ मेक्सिकोका वर्तमान राष्ट्रपति एन्ड्रेस मानुएल लोपेज ओब्राडोरको निकट मानिनुहुन्छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि शेइनबाउमले आफ्नो अग्रज राष्ट्रपतिको राम्रा कामलाई निरन्तरता दिने र मेक्सिकोका नागरिकका आशालाई मार्न नदिने प्रतिवद्दता व्यक्त गर्नुभएको बिबीसीले जनाएको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.