देउवासँगको छलफलपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पुन: भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज विहानमात्र प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष ओली बीच छलफल भएको थियो ।

प्रमुख तीन दलका शीर्ष नेताहरु बीचको छलफलपछि सत्तारुढ दुई दलका शीर्ष नेता प्रचण्ड र ओली पुन छलफलमा बस्नु भएको हो । सत्तारुढ दलका दुई शीर्ष नेताहरु बीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा छलफल जारी छ ।

प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गर्नुअघि आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग समेत भेटवार्ता गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.