गिरीबन्धु प्रकरणमा ओलीको जवाफ ‘बालेनलाई सोध्नू’
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रश्न सोध्न पर्ने जवाफ दिनु भएको छ ।
सोमबार संसद् भवन परिसरबाट बाहरिने क्रममा पत्रकारहरुले सोधेको गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि ?’ भन्ने प्रश्नमा अध्यक्ष ओलीले ‘बालेनलाई सोध्नु’ भन्ने जवाफ फर्काउनु भएको हो ।
सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले केपी ओलीलाई १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन न्युरोडको सडक फेरी बनाउन लगाएर गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गर्न खोजेको धारणा सार्वजनिक गर्नु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्