घाँसका बिरुवामा सम्भावना खोज्दै इस्माका गोकर्ण (फोटो फिचर)

गुल्मी- पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । नेपालमा सम्भावना नभएको भन्दै युरोपियन र खाडी मुलुकमा जाने युवायुवतीहरूको लर्को लागिरहेको छ । २२-२३ वर्ष टेक्दै गरेका युवायुवतीहरू विदेश जाने बाहेकको सपना देख्दैनन् । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ ।

तर गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपालीले ग्यालेक्सी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर विभिन्न जातका घाँसका, जडीबुटी र फलफूलका बिरुवा उत्पादन गरेर उदारणीय युवा बन्नु भएको छ ।

सानै उमेरमा बिदेश पुगेका नेपालीले त्यहाँको मेहनत र दुखःलाई बुझेर स्वदेशमै केहि गरौं भन्ने सोचका साथ पछिल्लो ६ वर्ष यता घाँसका बिरुवा उत्पादन गर्नुभएको छ ।

नेपालीले शुरुमा ८० हजारमा मोटरसाइकल बेचेर घाँसको बिउ तथा बिरुवा ल्याएर रोपेर घाँस खेती शुरु गर्नुभयो । पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल पनि हुनुभयो ।

सुरुमा आफ्नै घरको बाख्रा पालनका लागि घाँस खेती गरेका नेपालीले अहिले मुख्य गरेर घाँसका बिरुवा उत्पादन गर्दै आउनु भएको छ । उहाँले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउनुभयो । उहाँले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न अरुलाई पनि सन्देश दिनुभयो ।

उहाँले २०७६ बाट ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई अहिले ५० लाख भन्दा बढी लगानी भएको छ । उहाँले अघिल्लो वर्ष जेठ, असार, साउन र भदौमा घाँसको बिरुवाहरू गुल्मीसँगै नेपालका ५२ जिल्लामा पुर्याएको बताउनुभयो । त्यहि कारणले यसवर्ष धेरै घाँसका बिरुवाहरु उत्पादन गर्नुभएको छ ।

उहाँसँग अहिले ३ लाख बढी बिरुवा इपील–इपील, राईखन्यु, किम्बु, कोइरालो, निमारो, टिमुर र नेपियर लगायत ८२ प्रकारका घाँस तथा जडीबुटी फलफूलका बिरुवाहरू छन् । उहाँले कुल १ सय २० रोपनी जग्गामा घाँस खेती गर्नुभएको छ ।

जसमध्ये ८० रोपनी गोकर्ण आफ्नैको हो । बाँकी ४० रोपनी जग्गा भाडामा छ । बिहानदेखि साँझसम्मको समय खेतबारीमा ब्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै त्यसको प्रयोगलाई बाख्रापालन समेत गर्नुभएको छ ।

गोकर्णले सुरु गरेको घाँसका बिरुवा उत्पादनबाट रोजगारी समेत सिर्जना भएको छ । आफुसँगै दिनभर अर्का एक जना र मौसमी रुपमा १०-१२ जना गरि औसतमा दैनिक ८ जनाले फर्ममा रोजगार पाएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.