बन्धक बनाइएका चार इजरायली मारिएको पुष्टि

काठमाडौं- गत अक्टोबर ७ मा हमासले बन्धक बनाएका मध्ये चार जनाको गाजामा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ ।

दक्षिणी गाजाको खान युनिसमा इजरायली कारबाहीका क्रममा चारैजना मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूकै नियन्त्रणमा रहेको बताइएको छ ।

इजरायली रक्षा सेनाका प्रवक्ता रियर एडमले हालैका साताहरुमा गुप्तचरहरुले बन्धक हत्याका विषयमा मूल्यांकन गरिरहेको बताउनु भयो ।

प्रवक्ता एडमले खान युनिसमा हमास विरुद्धको सैन्य कारवाहीका क्रममा चार बन्धक मारिएको बताए पनि थप विवरण भने दिनु भएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.