हावाहुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु

नवलपुर- पूर्वी नवलपरासीको मध्यविन्दुमा हावाहुरिको कारण रुख ढलेर च्यापिदा एक पुरूषको मृत्यु भएको छ ।

मध्यबिन्दु नगरपालिका-१२ स्थित ठुलोपोखरा सामुदायिक बनमा आज बिहान बाख्रा चराउन गएका एक पुरूषको रूख ढलेर च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो ।

बिहान करिब ८:३० बजेको समयमा बाख्रा चराउन गएका ज्वाइथर बस्ने बर्ष ६९ को चित्र बहादुर थापालाई हावाहुरिको कारण रुख ढलेर च्यापेको र घटनास्थलमा तत्कालै प्रहरी गई च्यापिएको रूखबाट थापालाई बाहिर निकाल्दा नै मृत्यु भैसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले जानकारी बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.