लोकसभा निर्वाचन परिणाम: मोदीलाई सरकार बनाउन गठबन्धनको भर

काठमाडौँ-  लोकसभा निर्वाचनको मतगणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । पछिल्लो निर्वाचन परिणाम अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी नेतृत्व गरेको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्ने निश्चित जस्तै देखिएको छ । सत्तारुढ गठबन्धन  २९० सिट प्राप्त गर्ने देखिएको छ ।  विपक्षी काँग्रेस गठबन्धन  २३५ क्षेत्रमा आफ्नो पक्षमा नतिजा ल्याउने देखिएको छ । १८ क्षेत्रमा अन्य यी दुई गठबन्धन भन्दा बाहिरका दलहरुले अग्रता लिएका छन् भने कतिपय स्थानमा यि दुई गठबन्धन भन्दा बाहिरका दलले विजयी हासील समेत गरेका छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दा सम्म बिजेपीले १०९ स्थानमा जित निकालेको छ । भने १३० स्थानमा अग्रता लिएको छ । यस्तै इण्डियन नेशनल काँग्रेस ४३ स्थानमा विजयी भएको छ भने ५३ स्थानमा अग्रता कायम गरेको छ । तेस्रो ठुलो दलको रुफमा समाजवादी पार्टी देखिएको छ । यो दल १० स्थानमा विजयी २८ स्थानमा अग्रता लिएको छ । पछिल्लो मतपरिणाम हेर्न यहाँ क्लिक गर्नुहोस ।

सबै एग्जिट पोलहरुले प्रक्षेपण गरेको नतिजाहरु विपरीत काँग्रेस गठबन्धनको नतिजा राम्रो निकालेसँगै प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकाल दोहोराउन गठबन्धनको साहारा लिनुपर्ने अवस्था बनेको छ ।  यसै बीच मतगणनाको नतिजा आइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले मतदातलाई शुभकामना दिदै आफ्नै गठबन्धको सरकार बन्ने र अझ राम्रो काम गर्ने बताउनु भएको छ ।

यता  इन्डियन नेशनल कांग्रेसका नेता राहुल गान्धीले पत्रकार सम्मेलनमा आफ्नो तर्फबाट गठबन्धन सरकार बनाउने संभावना कायमै रहेको र यस बारे भोलि मात्र गठबन्धन दलको बैठक बसेर निर्णय गर्ने बताउनु भएको छ ।

 मोदीको ह्याट्रिक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दू पवित्र शहर वाराणसीको प्रतिनिधित्व गर्ने आफ्नो निर्वाचन क्षेत्रबाट एक लाख ५२ हजार मतान्तरले पुनः निर्वाचित हुनुभएको छ ।मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत ल्याउनु भयो ।यसअघि मोदीले २०१४ मा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र २०१९ को चुनावमा समाजवादी पार्टीकी शालिनी यादवलाई हराउनु भएको थियो ।

राहुल गान्धि केरलामा विजयी, बरेली क्षेत्रबाट पनि जित सुनिश्चित

काँग्रेस नेता राहुल गान्धी केरलाको वायानड क्षेत्रबाट विजयी हुनु भएको छ । उहाँ ३ लाख ६४ हजार ४२२ मतान्तरले विजयी हुनु भएको हो । भारतीय निर्वाचन आयोगका अनुसार गान्धीले ६ लाख ४७ हजार ४४५ मत ल्याउँदा प्रतिद्वन्द्वी कम्युनिस्ट पार्टी अफ इन्डियाका एन्नीए राजाले २ लाख ८३ हजार २३ मत ल्याउनु भयो । राहुलले राय बरेली क्षेत्रबाट पनि जित सुनिश्चित गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.