पश्चिम नवलपरासीमा पाँच दिनदेखि अवरुद्ध विद्युत अझै सुचारु भएन

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीमा गत बिहिवार आएको हावाहुरीका कारण अवरुद्ध विद्युत सेवा अझै पनि पुर्ण रुपमा सुचारु हुन सकेको छैन् । सरावल र बर्दघाटका विभिन्न स्थानमा विद्युत सेवा अझै सुचारु हुन नसक्दा जनजिवन कष्टकर भएको छ ।

गर्मीको समयमा पाँच दिनसम्म विद्युत अवरुद्ध हुदा स्थानियले सास्ती व्यहोर्न बाध्य भएका छन् । धेरै स्थानमा पोल ढलेका कारण अझै पनि पोल गाड्ने र तार तान्ने काम भईरहेपनि पुरा हुन नसकेको विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त कुमार झाले बताउनुभयो ।

लामो समयसम्म विद्युत अवरुद्ध हुँदा पनि प्राधिकरणले छिटो विद्युत सुचारु गर्न तदारुकता नदेखाएको भन्दै स्थानिय आक्रोशित भएका छन् । कहिले एउटा कहिले दुई ओटा पोल गाडेर जाने, समयमै काम सक्न कुनै चासो नदिएका कारण ६ दिन देखि अन्धकारमा बस्नुपरेको स्थानीयको भनाई छ ।

यता विद्युत प्राधिकरण परासी वितरण केन्द्रले भने सबै स्थानमा विद्युत प्रवाह भईसकेको जनाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा ढलेका पोल गाडेर विद्युत सेवा सुचारु गरिएको परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिनुभयो ।

विहिवारको तीव्र गतिको हावाहुरीका कारण रामग्राम, सुनवल, सरावल, बर्दघाट, प्रतापपुर लगायतका स्थानमा १ सय २६ ओटा पोल ढलेका थिए भने विभिन्न स्थानका ट्रान्सर्फमरमा पनि क्षति पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.