दाताले निःशुल्क उपलब्ध गराएको जमिनमा वडा कार्यालयको भवन निर्माण

झापा- निःशुल्क रुपमा दाताले उपलब्ध गराएको जमिनमा भद्रपुर नगरपालिका–३ को कार्यालय निर्माण भएको छ । साे जमिनमा सरकारको रु एक करोड २४ लाखको लागतमा दुईतले भवन निर्माण भएको हो ।
कार्यालयले आफ्नै भवनबाट मङ्गलबारदेखि सेवा प्रवाह गरेको छ । स्थानीय ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापामगर, निलमकुमार राई, कुवेर गुरुङ, भीमप्रसाद राई र केविर लिम्बूले पाँच कठ्ठा जमिन वडा कार्यालयलाई दान गरेका हुन् ।

“साँघुरो भाडाको घरबाट सेवा प्रवाह त्यति सहज थिएन”, वडाध्यक्ष हेमबहादुर कार्कीले भन्नुभयो, “अब सेवाग्राही र कर्मचारीलाई काम गर्न असहज नहुनेमा विश्वस्त छु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.