भरतपुर अस्पतालमा एमआरआई मेसिन उपलब्धपछि बिरामीलाइ सहज

चितवन- भरतपुर अस्पतालमा एमआरआई मेसिन भित्रिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले सबै उपकरण आईसकेकाले यथासक्य छिटो सञ्चालनमा ल्याउने गरी काम भईरहेको बताउनुभयो ।

झण्डै डेढ वर्ष पहिला सम्झौता गरेर अहिले मेसिन आईपुगेको हो । अहिले एमआरआई नहुँदा बिरामी निजी अस्पताल रिफर गर्नुपर्ने बाध्यता रहेको छ । उहाँका अनुसार अब बीमा गरिएका र अन्य बिरामीले अस्पतालमै सेवा पाउने छन् ।

निजीको तुलनामा न्यून शुल्कमा एमआरआई हुने उहाँले जानकारी दिनुभयो । अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा. केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको मेसिन ल्याईएको हो ।

‘थ्रि टेस्ला सिक्टीफोर च्यानल’ को यो उपकरण आधुनिक भएको डा. पौडेले बताउनुभयो । उहाँले मुटु, नसा लगायतको परीक्षणमा प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो “अत्याधुनिक उपकरण भएकाले सबै खालका परीक्षण गर्न हामी सक्दछौं ।” दैनिक २० वटासम्म परीक्षण गर्न सकिने डा. पौडेलको भनाई छ ।
३० करोड रुपैयाँमा खरिद गरिएको मेसिन एक महिनाभित्र सञ्चालन गर्ने तयारी गरिएको हो । अस्पतालमा चितवन सहित २५ जिल्लाबाट बिरामी आउने गर्दछन् । यहाँ दैनिक दुई हजार हाराहारी बिरामी बहिरंग विभागमा आउने गर्दछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.