श्रमाधान रोजगार मेला लुम्बिनी प्रदेशमा शुरु

बुटवल- ‘श्रमाधान रोजगार मेला’ आजदेखि लुम्बिनी प्रदेशमा शुरु भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको मेला दुई दिनसम्म चल्ने छ। मेलाको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याले रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउन पुलको काम गर्ने वश्वास ब्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले तीनै तहका सरकार र निजि क्षेत्रको सहयोगमा वेरोजगारी दर कम गर्दै रोजगार सिर्जना गर्न सकिने बताउनुभयो । मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन पनि गरिने उहाँको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि यो कार्यक्रम सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल उद्योग परिसङ्घ,लुम्विनीका अध्यक्ष एजाज आलमले नेपालमा पनि सिप र योग्यता हुनेहरुलाई प्रसस्त रोजगारी भएको बताउँदै सरकारले दुवैलाइ एकै ठाउ राख्ने खालको निति ल्याउनु पर्ने बताउनु भयो ।
उद्योगी ब्यवसायीहरुले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहयोग पुग्ने अपेक्षा गरेका छन । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा दुइदिन चल्ने छ ।
जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको श्रमाधान रोजगार मेला, मधेश प्रदेशमा र गण्डकी प्रदेशको पोखरामा पनि सम्पन्न भइसकेको छ । रोजगार मेला कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा यही जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.