एनटिभी संचारकर्मी बानियाँलाई वातावरण प्रर्वद्धन पत्रकारिता पुरस्कार

काठमाडौँ- नेपाल टेलिभिजनकी समाचार रिर्पोटर तथा प्रस्तोता मानवी बानियाँले यस वर्षको वातावरण प्रर्वद्धन पत्रकारिता पुरस्कार प्राप्त गर्नु भएको छ ।

वातावरण विभागले वातावरण दिवसको अवसरमा आज उहाँलाई ५० हजार राशिको पत्रकारिता पुरस्कारु प्रदान गरेको हो । राजधानीमा आज आयोजित कार्यक्रममा बीच वन तथा वातावरणमन्त्री नवल किशोर साहले नेपाल टेलिभिजनकर्मी बानियाँलाई वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्नु भयो ।

उक्त अवसरमा सञ्चारकर्मी बानियाँसहित वन तथा वातावरणसम्बन्धी समाचारमार्फत योगदान र्पुयाएका राससका प्रगति ढकाल र उकाले अनलाइनका मुकेश पोखरेल र भोजेन्द्र बस्नेत पुरस्कृत हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.