मधेश प्रदेशका मुख्यमन्त्री यादव पदमुक्त,पाएनन् विश्वासको मत

काठमाडौँ- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन असफल भएसँगै जसपाले नेतृत्व गरेको मधेश प्रदेशमा सरकार ढलेको छ ।

आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले पेश गरेको विश्वासको मत सम्बन्धिको प्रस्तावमा बहुमतले अस्वीकृत भएसँगै जनता समाजवादी पार्टी जसपा नेपालको सरकार पनि ढलेको हो ।

बैठकमा सहभागी १०३ सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो । सभामुख रामचन्द्र मण्डलले उक्त सङ्ख्या कूल सङ्ख्याको बहुमत नरहेकाले मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नु भएको थियो । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता पर्दछ । योसँगै मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु हुने भएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.