काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ ।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई हिजो फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गर्नुभएको हो ।

त्यस अवसरमा उहाँहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको थियो ।

यसैबीच प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो साँझ ट्वीट गर्दै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स एनडीए २ सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले २ सय ४०सिट जितेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले तेश्रो पटक लिन लाग्नु भएको सपथ समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसतर्फ जाने तयारीमा हुनुहुन्छ ।

मोदीको शपथ शनिबार भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.