काठमाडौँ मेडिकल कलेज र नेपाली जनसम्पर्क समिति कतारबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता

काठमाडाै- काठमाडौँ मेडिकल कलेज र नेपाली जनसम्पर्क समिति कतारबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएकाे छ । सङ्घीय सांसद तथा काठमाडौँ मेडिकल कलेजका संचालक सुनिलकुमार शर्मा कतार भ्रमणका क्रममा स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएकाे हाे ।

नजमामास्थित दरबार रेस्टुरेन्टमा कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेशविक्रम ढकालको रोहबरमा मेडिकल कलेज (पहिलो पक्ष) का तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र समिति (दोस्रो पक्ष) जनसम्पर्क समिति कतारका सभापति मोहमद अजिज अलिले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयाे ।

सम्झौता पत्रमा कतारमा कार्यरत रहँदा बिरामी भई उपचारका लागि आर्थिक अभाव भई नेपाल फर्केर उपचार गराउनु परेको अवस्था रहेमा अति न्यून आय भएका बिरामीहरूलाई समिति कतारले सिफारिस गरेको बिरामीलाई सहुलियतमा उपचार गराउने उल्लेख गरिएको छ l
उपचारमा एमआरआई, सिटी स्क्यान, शल्यक्रियाहरू सहित बहिरङ्ग विभागमा आई जाँच गराउँदा ५०% छुट उपलब्ध हुने जनाइएको छ । त्यस्तै अस्पतालमा भर्ना भई उपचार गराउँदा ५०% छुट उपलब्ध हुने, कतारमा काम गर्दै आएका श्रमिकको आश्रित परिवार सदस्यको हकमा अस्पताल सेवामा १५% छुट उपलब्ध हुने भएको छ l

उपचारकालागि कतारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाै‌देखि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजसम्म बिरामी आउँदा अस्पतालकाे एम्बुलेन्स प्रयोग गरिएको खण्डमा मात्र पाँच सय शुल्क लाग्ने तथा उपचारकोलागि आउने बिरामीले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कतारी आइडी सहित समितिले बिरामीको विवरण खुलाई सहुलियतमा उपचार गराउन जारी गरेको सिफारिस पत्र अस्पताललाई पेस गर्नु पर्ने छ l
पत्रमा बिरामीको नाम, ठेगाना, उमेर, आर्थिक अवस्था स्पष्ट खुलाइएको हुनुपर्ने छ । कतारमा कार्यरत नेपालीको आश्रित परिवार सदस्यको हकमा कतारमा कार्यरत नेपालीको परिचय खुल्ने कागजात र बिरामी सँगको नाता खुल्ने कागजात अनिवार्य पेस गर्नु पर्ने जनसम्पर्क समितिका सभापति मोहमद अजिज अलिले जानकारी दिनुभयाे ।
यस सम्झौता २०८२ साल असार मसान्तसम्म कायम रहनेछ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.