अस्पतालमा विरामीको लाइनले गिज्याइरहेको नेपालको ‘ई-गभर्नेस्स’

काठमाडौँ- अझै पनि सरकारी अस्पतालमा एका बिहानै उपचारका लागि बिरामीहरु लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन । सरकार इ-गर्भनेन्स तर्फको बाटो अघि बढ्दै गर्दा, सरकारी अस्पतालमा उपचारका लागि पुरानै शैलीमा बस्ने सर्वसाधारणको लाइनले भने गिजाइरहेको अनुभूति हुन्छ ।

नेपाल टेलिभिजनको टिम एकाबिहानै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुग्दा, क्यामेरा देख्नासाथ काठमाडौँका प्रकाशमान श्रेष्ठले आफ्ना गुनासो पोख्नुभयो ।  उहाँको गुनासोले सरकारी अस्पतालको समस्या छर्लङ्ग हुन्थ्यो ।

अस्पताल भित्र लाइन बस्नुपर्दा मानिसहरुलै ढुङगा, पानीका बोत्तल, फुल, हेलमेट, चाबी, अनि अस्पतालका ओपिडि टिकटहरु, एकाबिहानै सरकारी अस्पतालको भुईमा राखेर लाइन ओगट्ने गर्छन ।यतिमात्र होइन लाइन बस्दा बस्दा थाकेर हैरान भएका बिरामी वा विरामीका आफन्तहरुले पालोका लागि प्रतिकात्मक रुपमा आफ्ना सामानहरु राख्ने गर्छन। जसले सरकारको ई-गर्भनेन्स कार्यक्रमलाई गिजाइरहेको अवस्था छ ।

विश्व प्रविधिमैत्री हुँदै आर्टिफिसियल इन्टलिजेन्ससम्म पुगिसक्यो तर नेपालमा उपचारका लागि लाइन बस्न यस्तै किसिमका चिजबिज राखेर आफ्नो पालो कुरेर उपचार गर्नुपर्ने अवस्था छ ।

अझै पनि सरकारी अस्पतालमा उपचारका लागि पूरानै शैलीमा लाइनमा उभिएर ओपीडी टिकट काट्ने व्यवस्थामा परिवर्तन आउन सकेको छैन् ।

सिभिल अस्पतालको यो अवस्था एउटा प्रतिनिधिमूलक घटना मात्र हो । प्राय देशैभरका सरकारी अस्पतालमा अहिलेपनि उस्तै सास्ती खेप्नुपर्ने बाध्यता छ  ।

बिहानै ४ बजेदेखि लाइनमा आएर, बसेरमात्र हुँदैन्, यदि ओपीडी टिकटको कोटा सकिहाले त्यस दिन उपचारनै गराउन पाइदैन् । अहिले नागरिकले एक सरकारी अस्पतालमा सामान्य उपचारका लागि पनि ३ देखि ४ दिनसम्म कुर्नुपर्ने बाध्यता छ । ओपिडिकै टिकट लिन करिब ३ दिनदेखि धाएका एक युवकको गुनासो जस्ताको तस्तै ।

सरकारी अस्पतालको अनलाइन सिस्टमको टिकट काट्नुपर्ने व्यवस्था, नागरिकको आँखामा छारो हाल्नलाई मात्र ल्याएको देखिन्छ । न टोकट प्रणालीमै जान सकेको छ न त पुर्णरुपमा इन्टरनेटमार्फत आफ्नो सेवालाई विस्तार गर्न नै ।

एक बिरामीले कम्तिमा पनि उपचारका लागि लामा-लामा लाइन करिब ७ वटा जति उभिनुपर्छ ।

ओपिडिको लाइन, डाक्टरलाई कुर्नुपर्ने लाइन, बिलिङको लाइन, औषधिको लागि बिलिङ, औषधिको लाइन, त्यस पश्चात रिपोर्टको लाइन र अन्त्यमा डाक्टरलाई रिपोर्ट देखाउने लाइन । अझैपनि धेरै अस्पतालले क्युआर कोडमार्फत बिलिङ गर्ने प्रणाली समेत प्रचलमा ल्याएका छैनन् ।

धेरैको प्रश्न छ- बिरामीले भोग्नुपर्ने यस्तो सास्ती अस्पताल प्रशासनले देखेको छैन होला त ? शिविल अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर विधान निधि पौडेलले अन्य सरकारी अस्पतालको तुलनामा सिभिल अस्पतालमा विरामीको भिड बढ्ने बताउनुभयो ।

उहाँका अनुसार, थप सेवा सुविधा थप्ने कुरामा अस्पताल लागि परिरहेको छ, यस्ता खाले समस्यालाई समेत सुधार्ने प्रयासमा रहेको प्रतिक्रिया दिनुभयो ।

नेपालको संविधान २०७२ ले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ । तर, सामान्य उपचारका लागि पनि नागरिकले सहज ढंगबाट उपचार पाउन सक्ने अवस्था छैन ।

अस्पताल पूर्णरुपमा प्रविधिमैत्री नहुँदा नागरिकले सामान्य उपचारको लागि पनि ठुलो सास्ती खेप्नुपर्ने अवस्था छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.