शरणार्थी बसेका गाजाको एक विद्यालयमा इजरायली आक्रमणः ३५ जनाको मृत्यु

अमेरिकाले इजरायललाई गाजामा हुने हरेक आक्रमण पूर्ण पारदर्शी हुनुपर्ने बताएको छ । हिजो विहान विस्थापितहरुले भरिएको गाजाको केन्द्रीय विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा ३५ जनाको मृत्यु भएको थियो । यस घटनापछि अमेरिकाले इजरायलमाथि पारदर्शिताको प्रश्न उठाएको हो ।

गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको विद्यालययको माथिल्लो तल्लामा रहेको कक्षा कोठामा लडाकु विमानले दुई वटा मिसाइल प्रहार गरेको स्थानीय संचारकर्मीहरुले बताएका छन् । इजरायली सेनाले भने हमास कम्पाउण्डमा हमला गरेको बताएको छ ।

हमासद्धारा संचालित मिडियाले भने इजरायली दाबीलाई अस्वीकार गरेको छ । अमेरिकाले इजरायलले हमास लडाकुहरुलाई मारेको दाबी गर्नेलाई सार्वजनिक रुपमै पहिचान गर्नुपर्ने बताएको छ । साथै इजरायलले आतंकवादीको पहिचान गरेको भन्दै गर्ने गरेको बारम्बारको आक्रमणलाई अमेरिकाले समर्थन नरहेको बताइएको छ ।

इजरायलले हिजोको आक्रमणमा मारिएका आतंकवादीको नाम सहित यस विषयमा थप जानकारी दिने बताएको अमेरिकी भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.