सहकारीको छानबिन गर्न गठित संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- सहकारीको बचत अपचलन सम्बन्धि छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा बस्ने तय भएको संसदीय छानबिन समितिका संयोजक सुर्य थापाले जानकारी दिनुभयो ।

आज बस्ने बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुनेछ ।

यही जेठ १५ गते सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न सात सदस्यीय समिति गठन गरिएको हो ।

समितिका सभापतिमा नेकपा एमालेका सांसद सुर्य थापा र सदस्यहरूमा एमालेबाट सरिता भुषाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहनुभएको छ ।

सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्ने कार्यादेश समितिले पाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.