मधेश प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौँ- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि गठन गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त हुनु भएको छ ।

यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) ले भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा(एस)बाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा(एस)की बेंची लुङ्गेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै एमालेका केशव राय र शारदादेवी थापाले क्रमश: स्वास्थ्य राज्यमन्त्री र शिक्षा तथा संस्कृति राज्यमन्त्री हुनु भएको छ । त्यस्तै जनमत पार्टीकी अन्जुकुमारी मण्डल खङ्गले विनाबिभागीय राज्यमन्त्रीको शपथ लिनु भएको छ ।

त्यस्तै एमालेकै राजकुमार लेखीले शिक्षा तथा संस्कृति मन्त्रालय र शत्रुधनप्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाउनु भएको छ ।

त्यस्तै एमालेबाटै प्रमोदकुमार जयसवालले खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मा पाउनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.