गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने
काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जेठ २८ गते प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ ।
मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने प्रस्ताव बारे जानकारी गराएसँगै प्रदेश सभाले बैठक आब्हान गरेको छ ।
यस अघि जेठ १७ गतेबाट देखि अनिश्चित कालका लागि स्थगित गरिएको बैठक जेठ २८ गते तीन बजेका लागि बोलाइएको छ ।
सर्वोच्च अदालतको परामादेशसँगै संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बन्नुभएका पाण्डेको दलसँग २७ सांसद रहेका छन् । ६० सदस्यीय सदनमा विश्वासको मतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धन बाहिर रहेका दलले समर्थन गरेमा पाण्डेले विश्वासको मत पाउने अवस्था छ ।
पाण्डेको विश्वासको मतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, बाबुराम भट्टराई नेतृत्व गरेको दल नेपाल समाजवादीका एक र स्वतन्त्र सांसद राजिव गुरुङ मनाङे समर्थन गर्नु अनिवार्य छ ।
राप्रपा र नेपाल समाजबादी निकट सांसदसँगको पटक पटको संवादपछि पाण्डे प्रदेशको बजेट नीति कार्यक्रम ल्याउनु अघि नै विश्वासको मत ल्याउने निश्कर्षमा पुग्नु भएको हो ।
अर्का स्वतन्त्र सांसद राजिव गुरुङ्ग मनाङेले विश्वासका मतका लागि पाण्डेलाई राप्रपा र समाजबादीले सहयोग गरेमा आफुले पनि सघाउने बताउँदै आउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्