पार्टी नै नरहने अवस्था बनेपछि संसद विघटन गर्नु पर्‍यो: ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नै नरहने अवस्था बनेपछि आफूले संसद विघटन गरेको बताउनु भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि विपक्षीलाई सरकार बुझाउन पार्टीकै नेताहरु कुदेको र पाटीलाई जोगाउन संसद विघटन गरेको बताउनु भएको हो ।

”कतिपय मान्छेहरु अझै पनि अरु सवै ठिकै थियो पुस ५ गते संसद विघटन चाहि नगरेको भए हुन्थ्यो भन्छन् । पुस ५ विघटन  रहर थियो र ?  हामी प्रमुख पार्टी बनेका थियौ । झन्नै दुइ तिहाइको स्थितिमा हामी पुगेका थियौ । बाहिर शक्तिहरुले पार्टी भित्रै बाट हामीलाई केही गर्न दिएनन् ।  ‘सरकारले गरेका विकास निर्माणका काम केहि नदेख्ने, आफ्नै दलका मान्छेहरु अदालतमा गएर विपक्षीलाई प्रधानमन्त्री बनाएको छ । अनि आफ्नै कुरा ठूला गरेको छ । त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज हामीले एमाले भन्न पाउँदैनथ्यौं । यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो । जसरी दक्षिपन्थी पाउँहरुमा सरकार  बुझाइयो एमाले पनि त्यसैगरी बुझाइ सकिएको अवस्था हुन्थ्यो ”, ओलीले संवोधनको क्रममा भन्नु भयो ।

ओलीले आफुले नवौ अधिवेशनबाट चुनिएको अध्यक्षले पार्टीलाई ठुलो दल बनाएको सरकारको नेतृत्व गरिरहेर विकासलाई गति दिएको वेला  साधारण सदस्य सम्म नरहने गरेर पाटी बाट निकल्ने काम गरेर तमासा देखाउने काम भएको वताउँदै पार्टीमा रहेका विकृति र विसंगतिहरुलाई पराजीत गरिएको बताउनु भयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.