राष्ट्रियपरिचयपत्र लिन सेवाग्राहीको भिड (फोटो फिचर)

मकवानपुर- सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रसाशन कार्यालय मकवानपुरमा परिचयपत्र लिन सेवाग्राहीको भिड बढेको छ ।

आगामी आर्थिक वर्षको साउन १ गतेदेखि सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि सेवाग्रहीको भीड हुने गरेको हो ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि मकवानपुरका १० वटै स्थानीय तहका सेवाग्रही जिल्ला प्रसाशन कार्यालय नै जानुपर्ने भएपछि अशक्त, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति घण्टौँसम्म लाईनमा बस्न बाध्य छन् । टाढाबाट आउने सेवाग्राहीले तीन दिनसम्म धाउँदा समेत पालो नआएको गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हाल तीनवटा विवरण दर्ता स्टेसनमार्फत दैनिक दुई सय जनाको परिचय पत्र सम्बन्धि कार्य हुँदै आएको छ । राष्ट्रिय परिचयपत्रको लागि दैनिक पाँच सयसम्म सेवाग्रही आउने गरेको छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले पालिकाहरुसँगको समन्वयमा कर्मचारीको व्यवस्थापन गरी स्थानीय तहबाट नै राष्ट्रिय परिचयपत्र सम्बिन्ध कार्य गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट थप उपकरणसहितको दर्ता टोली माग गरिएको कम्प्युटर अपरेटर आशिष पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.