ऐतिहासिक पोखरीलाई पर्यटनसँग जोड्ने प्रयास (फोटो फिचर)

झापा- झापाको गौरादह नगरपालिकामा रहेको ऐतिहासिक पोखरीलाई ३० करोड लगानीमा पर्यटनसँग जोड्ने काम थालिएको छ । परापूर्व कालदेखि नै अस्तित्वमा रहेको पोखरीलाई पार्क र बोटिङ्गसहितको पर्यटन क्षेत्र बनाउने काम थालिएको हो ।

गौरादह नगरपालिकामा रहेको पुरानो पोखरी १२ विगाह क्षेत्रफलमा फैलिएको छ । कोशी प्रदेशकै ठूलो भनेर पालिकाले दावी गर्दै आएको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने प्रयास लामो समय देखि हुँदै आएको छ ।

यसअघि पोखरी संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिले प्रदेश सरकारको सहयोगमा घेरावाराको गरेको थियो । तर विवादका कारण विनियोजित २ करोड बजेट समेत खर्च हुन सकेन । विवादले काम रोकिएको पोखरीलाई अब भने पर्यटनसँग जोड्ने योजना थालिएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो ।

संरक्षणको अभावमा मानव बस्तीको अतिक्रमण र फोहोरले पुरिन थालेको पोखरी अहिले भने केही सुरक्षित बनेको छ । पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यो बर्ष ३ करोड बढी बजेटमा ठेक्काबाट काम गर्न थालिएको नगरपालिकाका प्रवक्ता पोखरी रहेको क्षेत्र गौरादह नगरपालिका वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीले बताउनु भयो ।

पोखरी ऐतिहासिक र पर्यावरण संरक्षणको ठूलो हिस्सा भएकोले नगरपालिकाले ३० करोड बढीको लागतको विस्तृत परियोजना प्रतिवेदन तयार पारी काम थालेको हो । प्रदेश र संघीय संरकारले निरन्तर सहयोग गरी पोखरीलाई पर्यटकीय क्षेत्र बनाए प्रर्यावरणको संरक्षणसँगै बजार क्षेत्रको समेत विकास हुने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.