गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा नाराबाजी

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकमा प्रतिपक्षी दलहरु नाराबाजी गरेका छन् । विश्वासको प्रस्तावमा मतदान सुरु भएसँगै प्रतिपक्षी दलहरु नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले नारावाजी गरेका हुन । माओवादी केन्द्रको निर्वाचन चिन्हबाट चुनाव जितेका नेपाल समाजबादी दलका फण्डिन्द्र देवकोटाले विश्वासको मत दिने पक्षमा मतदान गर्न सत्तापक्ष तर्फ लाइनमा बसेसँगै प्रतिपक्षीदलहरुले नाराबाजी गरेका हुन । प्रदेश सभामा मतदान भने जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.