तोकिएकै मितिमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ: खेलकुद मन्त्री श्रेष्ठ

सुर्खेत- युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले तोकिएकै मितिमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमै हुनेमा विश्वस्त रहन आग्रह गर्नु भएको छ ।

आउँदो मङ्सिरमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधारको स्थिति बुझ्‍न युवा तथा खेलकुद मन्त्रालयको टोलीसहित आज सुर्खेत आईपुग्नु भएका मन्त्री श्रेष्ठले दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको भूमिका महत्वपूर्ण रहने भएकाले आवश्यक समन्वय गर्दै तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्न आफुहरु जुटिरहेको बताउनु भएको हो ।

उहाँले संरचना निर्माणको सन्दर्भमा संघ सरकारले १० करोड छुट्याउन खोजेपनि बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको जानकारी दिनुभयो ।

अहिले खेलपूर्वाधारको भौतिक संरचना निर्माणलाई तीव्रता दिँदै आवश्यक परामर्शका साथ प्रतियोगिता पूर्वका कामहरुको अनुगमन, सहजीकरण तथा आवशयक बजेट जोहो गर्ने कार्यहरुलाई मन्त्रालयले तीव्रता दिएको उहाँको भनाइ छ ।

यसअघि वीरेन्द्रनगर स्थिति निर्माणाधीन गौरवको आयोजना प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले कर्णालीले पहिलो पटक यतिठूलो संरचना बनाइरहेको भन्दै प्रशंसा समेत गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.