मुख्यमन्त्रीलाई विश्वास: ओली र प्रचण्डसँग बाबुरामले लिएको बदला !

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डेले प्रदेश सभा समक्ष राखेको विश्वासको मत सम्बन्धि प्रस्ताव पारित भएसँगै गण्डकी प्रदेशमा केन्द्रीय सत्ता गठबन्धन भन्दा अलग दलहरुको  सम्मिलित सरकारले निरन्तरता पाएको छ ।

अन्तिम समयमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउँने वा नपाउँने विषयमा नेकपा माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको मत निर्णायक बन्यो ।

यसअघि सत्ता गठबन्धबाट मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई विश्वासको मत दिएका देवकोटाले यस पटक भने पाण्डेको पक्षमा मतदान गरे ।

काँग्रेससँग २७ मत भएको अवस्थमा पाण्डेलाई सरकार जोगाउँन ४ मत आवश्यक थियो । राप्रपाले पाण्डेलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर राप्रपाले समर्थनले मात्र पाण्डेलाई बहुमत पुग्ने अवस्था थिएन । राप्रपाले समर्थन गर्दा २९ पुग्यो । सरकार टिकाउन ३१ मत आवश्यक थियो । त्यसका लागि पाण्डेलाई स्वतन्त्र सांसद राजिव गुरुङ र नेपाल समाजवादीका देवकोटाले मत अनिवार्य थियो ।

स्वतन्त्र सांसद मनाङेले भने यस अघि नै ३० पुर्याउने दलललाई आफुले मतदान गर्ने बताएका थिए । फण्डिन्द्रले पाण्डेलाई समर्थन गरेसँगै मनाङेले पनि पाण्डेलाई नै मतदान गर्ने अवस्था बन्यो । अन्तत् गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार जोगियो ।

प्रदेशमा विपक्षी गठबन्धनको सरकार जोगाउन यति वेला नेपाल समाजवादीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई भुमिका महत्व पूर्ण देखिएको छ । आफनै निर्वाचन क्षेत्र बुझाउँदा पनि प्रचण्डको पटक पटकको घात र प्रतिघातबाट आर्जित भटराईले भने आफ्नो दलका प्रदेश सांसद देवकोटालाई पाण्डेको पक्षमा मतदान गर्न लगाएर राम्रै वदाला लिएका छन् ।

भलै माओवादी केन्द्रले देवकोटालाई आफ्नो दलको सांसद भएको दावी गर्दै फ्लोर क्रस गरेको बताएको छ । मतदानमा प्रतिक्षीदलहरुले गरेको नाराबाजीले पनि अव उनिमाथी माओवादी केन्द्रले कारवाही गर्ने सभामुखले उनलाई निलम्वन गर्ने र पुन यो विषय पनि अदालत जाने निश्चित जस्तै देखिएको छ ।

देवकोटाले पाण्डेलाई मतदान गरेसँगै माओवादी केन्द्रले देवकोटा आफनै दलको सांसद भएको दावी गर्दै उनि माथि ह्विप उलंघन गरेको आरोप लगाउँदै कारवाही गर्ने बताएको छ । यता देवकोटा भने आफ्नो दल नेपाल समाजवादी नै भएकाले माओवादी केन्द्रको कारवाहीले अर्थ नराख्ने प्रतिक्रिया दिएका छन् ।

राजनीतिक दल सम्बन्धि ऐनले एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा गइ विजयी बनि आएका सांसदहरुको एउटै संसदीय दलको संसद रहने ब्यवस्था गरेको छ । तर यो स्पष्ट ब्यवस्थाका बीच भट्टराईको आग्रहमा नै देवकोटाले पाण्डेलाई मतदान गर्नु प्रचण्ड र ओलीमाथि उनले लिएको बदलाको रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.