नेपाल बिटुमिन तथा ब्यारल उद्योगमा आगलागी, करोडौंको क्षति

बारा- बाराको जीतपुरसिमरा-२१ अमलेखगञ्जमा रहेको नेपाल बिटुमिन तथा ब्यारल उद्योग लि.मा मंगलबार भएको आगलागीबाट उधोगको कच्चा पदार्थ सहित करोडौँको क्षति भएको छ ।

बिद्युत सर्ट भई भएको आगलागीबाट करिब तीन करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको उधोगका लेखापाल ज्ञान भरोसी प्रसाद गुप्ताले बताउनुभयो ।

करिब तीन बजे लागेको आागो करिब २ घण्टापछि नियन्त्रणमा आएको र प्रारम्भिक करिब ३ करोड क्षति पुगेको अनुमान भएपनि पूर्ण विबरण आउन समय लाग्ने सिमरा ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक चिरञ्जीवी दहालले बताउनु भएको छ ।

आगो नेपाल आयल निगम अमलेखगञ्ज, जीतपुरसिमरा र बिरगंज उपमहानगर, हेटौडा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो । घटनापछि जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले निरिक्षण गर्नु भएको छ ।

यसैबीच उधोगका प्रबन्धक अशोक श्रेष्ठले च्याम्बर तताउन हिटिङ फायरिङ गर्नेक्रममा भएको आगलागीबाट ५ करोड बढीको क्षति पुगेको बताउनुभएको छ । उधोगमा २२ कर्मचारी कार्यरत छन् । पिच गर्ने ब्युटमिन भारतबाट ल्याएर उधोगले ईमोशन तयार गर्ने यस्ता दुई उधोग रहेको श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.