संखुवासभामा कालोपत्र गर्न ठिक्क पारिएको सडकमा बर्षाले क्षति

खांदबारी- कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खांदबारी-नुम सडक खण्डअन्तर्गत ठूलोढुंगा अरुणथान ४ किलोमिटर सडक मंगलबार बिहान परेको वर्षाले क्षति पुर्‍याएको छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको सवबेस, ग्याविन वाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक योजनाका प्रमुख सविन कोइरालाले बताउनुभयो । उहाँकाअनुसार कालोपत्र गर्न ठिक्क पारिएको ४ किलोमिटर सडकमा क्षति पुगेको हो ।

यो कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पर्छ । पानीले ठूलो ढुंगा-पाङ्मा अरुण थानमा सबैभन्दा बढी क्षति पारेको स्थानीयबासी तथा पूर्वसांसद टंकप्रसाद राईले जनाकारी दिनुभयो । त्यस्तै पानीले मकालु गाउँपालिकाको नुममा पनि पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

त्यहाँ अवरुद्ध सडक खुवाउने प्रयास भइरहेको उहाँले बताए । पानीले सडकमा करिब १ करोडको क्षति पारेको उहाँले बताउनुभयो । क्षतिको विवरण संकलन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.