मनसुन भित्रिनु अघि नै विपद् व्यवस्थापनमा जुट्यो रसुवा

रसुवा- जिल्ला समन्वय समिति रसुवा मनसुन भित्रिनु भन्दा पहिले नै विपद्बाट नागरिक बचाउने र राहत उद्धारको कामलाई चुस्त बनाउने तयारीमा जुटेको छ । जिल्लाको पाँचवटै गाँउपालिकामा विपद् व्यवस्थापन तथा पूर्वतयारीमा जिल्ला समन्वय समिति सक्रिय देखिएको हो ।

जिल्लाका प्राय : सबै ठाँउहरु जेखिममा रहकाेमा उच्च जोखिम रहेका स्थानहरुमा स्रोत साधन जनशक्ति तत्कालै पुराउने गरि तयारी गरिने र उदार तथा राहतमा ध्यान दिन सरोकारहरुसंग छलफल गरिएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरेले बताउनुभयो ।
छलफलकै क्रममा मनसुन र त्यसले गर्न सक्ने क्षतिलाई मध्यनजर गर्दै विपद् पूर्वतयारीलाई मजबुद बनाउन जिल्ला बिपत ब्यबस्थापन समिति, सबैगाँउपालिका,सुरक्षा निकाय जिल्लाका सबैकार्यालयहरु संघ सस्थ जलबिद्युत आयोजनाहरुले विपद् पुर्ब तयारीमा एक जुट भै आ-आफ्नोक्षेत्र बाट सहयोग गर्ने बताएका छन । यसैगरि गाँउपालिकाहरुले पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पनि विभिन्न निर्णय गरिएको गाउँपालिकाका अध्यक्षहरुले बताउनु भयो ।

बिपद्का समयमा तत्कालै सूचना प्रबाह गरिने ब्यबस्था ,इन्धन,खाधन्न मौज्दात राख्ने सडक सुचारु राख्नेदेखि युवा परिचालन गर्ने निर्णय समेत गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.