गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानार्कषण

लुम्बिनी- चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गनुभएको छ । चिनको धार्मिक तथा साँस्कृतिक मन्त्रालय हेर्ने मन्त्री सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले स्वागत गर्नुभएको हो ।

बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने नेपाल चिनको साँस्कृतिक सम्बन्ध दिगो बनाउने उदेश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताउनुभयो ।

मन्त्री रुइफेंङले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिनुभएको थियो ।

भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चिनबाट नियमित उडानका लागि तत्तकाल पहल गर्न आग्रह गर्नुभयो ।

उहाँले नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गर्नुभयो । यस्तै चिनसँग नेपालको पुरानो सम्बन्ध रहेको बताउँदै आफूहरु लुम्बिनीमा चिनिया तीर्थयात्रुहरुलाई स्वागत गर्न सधै आतुर रहेको बताउनुभयो ।

उपाध्यक्ष डा. लामाको विमानस्थलप्रतीको चासोप्रति चिनियाँ मन्त्री रुईफेंङले चिनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकरात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चिन सरकार तयारीमा जुटिसकेकाले छिट्टै उडान हुने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ग, चिनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्यूरो प्रमुख हुआंग झिहुईसहितको उपस्थिति रहेको थियो ।

भ्रमण टोलीलाइ सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलेको समूहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानआर्कषण गराउँदै ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.