नुवाकोटमा गर्मी बढेपछि विद्यार्थीहरु वेहोस, विदाको तयारीमा विद्यालय

नुवाकोट- गर्मी निकै वढेपछि नुवाकोटको जनजीवन प्रभावित भएको छ । विद्यार्थी, शिक्षक, कर्मचारी, सर्वसाधारण गर्मीबाट निकै प्रभावित भएका छन् । अत्याधिक गर्मीका कारण नुवाकोटका विद्यालयहरुमा विद्यार्थी विरामी हुन थालेका छन् । दुई सातादेखि नुवाकोटमा गर्मी अत्याधिक बढेको छ ।

केही दिनपछि पनि पानी नपरे विद्यालय बन्द गर्ने तयारीमा विद्यालयहरु पुगेका छन् । दिउँसोको समयमा तातो हावा चल्ने र जमिनसमेत तातेकाले अध्ययन अध्यापनमा असहज भइरहेको चन्द्रज्योती माविका प्रधानाध्यापक वासुदेव पनेरुको भनाई छ ।

यही तापक्रम निरन्तर रहिरहे केहि दिनमै विदा गर्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । नुवाकोटमा १० दिनदेखि पानी परेको छैन । पानी नपर्दा गर्मी बढेपछि बिद्यार्थीहरु बेहोससमेत भएका छन् । गर्मीका कारण विदुर नगरपालिका ५ देवीघाटमा रहेको शहिद जगतप्रकाशजंग शाह संस्कृत माद्यामिक विद्यालयका पाँच जना विद्यार्थी गर्मिका कारण बेहोस भएका हुन् ।

अत्याधिक गर्मीको कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि विद्यालयले अभिभावकसँग विदा दिने वा विहानको समयमा पढाउने भन्ने विकल्पमा छलफल गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.