बस र कार एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते

धादिङ, ३२ जेष्ठ- पृथ्वी राजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिकास्थित फिस्लीङ्गमा दुई सवारी साधन एक आपसमा ठक्कर खाई दुर्घटनामा परेको छ ।

काठमाण्डौबाट मुग्लीनतर्फ जाँदै कार र विपरित दिशतर्फबाट आउँदै गरेको बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बस त्रिशुली नदी किनारामा खसेको छ भने कारमा सवार पाँच जान यात्रु गम्भीर घाईते भएको प्रहरीले जनाइएको छ । बसमा सवार तीस जना यात्रुको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा भे१ख ४०६२ नम्वरको बसनेपालगंजदेखी काठमाण्डौं आउँदै गरेको र बग्मती प्रदेश ०२ २९–३७२० नम्वरको कार मुग्लीनतर्फ जाँदै गरेको जनाईएको छ । थप क्षतिको विबरण भने आउन बाँकी छ ।

घाईतेको उद्दार धादिङ प्रहरी र ईलाका प्रहरी कार्यालय मुग्लीनबाट खटिएको प्रहरी टोलीका साथै शसस्त्र प्रहरी वल विपल ब्यष्वस्थापन शिक्षालय कुरिनटारले गरिरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.